सेञ्चुरी बैंकद्वारा बनेपाको नाला र टुकुचा क्षेत्रमा वित्तीय साक्षरता अभियान

 century bank
  • बैंकिङ संसार 
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बनेपा नगरपालिका अन्तर्गत उग्रचण्डी नाला र टुकुचा नाला क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विधुतीय वित्त) सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १६५ जनाभन्दा बढीको सहभागिता थियो ।

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेका जनाएको छ ।

प्रतिकृया दिनुहोस्