शंखमूलमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा , कति पुग्यो शाखा संख्या ?

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौस्थित शंखमुल शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले गरेका हुन् । 

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले उदघाटन समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको बताए । साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने प्रतिवद्धता व्यक्त गरे ।

महालक्ष्मीले देशका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत बैंकले सेवा दिदै आएको छ ।

प्रतिकृया दिनुहोस्