मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट !

muktinath bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.काठमाडौं र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्री प्रबन्धक पियुस लामाले हस्ताक्षर गरेका छन् ।

साथै हालैमात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स(विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

प्रतिकृया दिनुहोस्