सिद्धार्थ बैंकले ईलामको फिक्कलमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले यूके एड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा असोज ६ गते फिन लिट नेपाल प्रालिसँग सहकार्य गर्दै ईलामको फिक्कलमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली र करबारे जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको हो ।

कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्