सिभिल बैंकको नयाँ शाखा काठमाडौंको काँडाघारीमा, मेयर कृष्णहरि थापाद्वारा उद्घाटन !

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं । सिभिल बैंक लिमिटेडलले काठमाडौेंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरेका हुन् ।

कार्यक्रममा सभापति तथा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताएका छन् । सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजार रूपैयाँको चेक पनि हस्तान्तरण गरेका थिए ।

यसरी, सो बैंकले नेपालमा पहिलोपटक बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना पनि ल्याएको छ । उक्त बैंकको शाखा संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्