स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.५० प्रतिशत लाभांश दिने !

 Standard Chartered Bank

  • बैंकिङ संसार 

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सेयरधनीहरुलाई २२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट २२.५० प्रतिशत लाभांश घोषणा दिने निर्णय हो ।

बैंकको सञ्चालक समितिको कार्तिक ४ गते सम्पन्न ३८७औं बैठकले २२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

 बैंकले अघिल्लो आर्थिक वर्षमा १७.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रतिकृया दिनुहोस्