एनआईसी एशिया बैंकको दुई नयाँ शाखा अनामनगर र सौराहामा विस्तार, कुल शाखा संख्या ३०१ पुग्यो !

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका अनामनगरस्थित अनामनगर शाखाको समुद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरेका हुन् । त्यस्तै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका हुन् ।

उक्त शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहकहरुलाई एनआईसी एशिया बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्