सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंकद्वारा कुर्लुङ्ग प्राथमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तनहूँ जिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । 

बिहिबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्त राज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्