राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एनटीसीको सिमकार्ड सित्तैमा पाउने !

 rastriya banijya bank
  • बैंकिङ संसार 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच बैंकका ग्राहकहरुलाई निःशुल्क रुपमा जिएसएम सिमकार्ड उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जिएसएम सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा बैंकका सीईओ किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताएका छन् । उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने बिचार व्यक्त गरेका छन् । एनटीसीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुबै संस्थाको यो व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्