मनिपाल अस्पताललाई एभरेष्ट बैंकको हेमोडायलेसिस मेसिन सहयोग !

everest bank 
  • बैंकिङ संसार 
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन प्रदान गरेको छ । यो नयाँ मेसिनले मिर्गौला बिरामीलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत गर्ने अस्पतालले बताएको छ ।

मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेष्ट बैंकका डीजीएम राजिव जैनले सो मेसिन हस्तान्तरण गरेका हुन् । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बाह्य सन्जालमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिकृया दिनुहोस्