लक्ष्मी बैंक लिमिटेडको नाफा ३२.६४% ले बढ्दा अन्य सूचकहरुको अवस्था कस्तो ?

laxmi bank
  • बैंकिङ संसार 
काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४० करोड १९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय वितरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३२.६४% ले बढी हो । बैंकले गत वर्ष सोहि अवधिमा ३० करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस्तै बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख रुपैयाँ रहेको छ भने यो अवधिमा बैंकले  खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढाएको छ । बैंकले यी दुई सूचकहरु क्रमश : १६.९९% र २५.०७% ले बढाएको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । जसले खुद नाफा बढाउनमा सहयोग पुगेको देखिन्छ ।

बैंकले असोज मसान्तसम्म ८२ अर्ब २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा परिचालन ७८ अर्ब १९ करोड ८४ लाख रुपैयाँ प्रवाह गरेको छ । यस्तै बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ २८ पैसाले बढेर १८ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ९४ पैसा रहेको छ । 

बैंकको चुक्ता पुँजी ८.५०% ले बढेको छ । गत वर्षको नाफाबाट लक्ष्मीले १५% लाभांश दिने घोषणा गरेको छ । जसमा १०% बोनस सेयर र ५% नगद लाभांश रहेको छ । त्यसैगरी बैंकको निष्कृय कर्जा अनुपात १.५० बाट घटेर १.०४%, कोषको लागत ७.६४ बाट ७.१९%, आधार दर ११. २८ बाट घटेर १०.२४ % ले सुधार भएको छ ।

प्रतिकृया दिनुहोस्