ग्लोबल आइएमई बैंकद्धारा बीमितको परिवारले पाए ५ लाख रूपैयाँ !

global ime bank
  • बैंकिङ संसार 
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जलीकुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम ५ लाख रुपैयाँ रुपैयाँ निजको परिवारलाई हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंक १ नं. प्रदेशका सहायक प्रदेश प्रमुख सुजन श्रेष्ठ र न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा। विरेन्द्र कुमार बिष्टले संयुक्त रुपमा स्वर्गीय माझीको परिवारलाई विमान्कित रकम हस्तान्तरण गरेका छन् । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २६६ वटा शाखा, ३४ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५९ एटिएम तथा २४६ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्