शाखा विस्तारमा अघि बढ्दै कामना सेवा विकास बैंक, एकैसाथ ६ वटा नयाँ शाखा सञ्चालनमा !

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं. ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिका स्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ र सि आस्बा लगायतर्का बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्