कुमारी बैंक लिमिटेडले ल्यायो स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना, यस्ता छन् सुविधाहरु !

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं । कुमारी बैंक लिमिटेडले स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना ल्याएको छ । नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी उक्त योजना ल्याएको हो ।

यस योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले कुमारी स्मार्ट मोबाइल बैकिङ्ग एप्लिकेसन प्रयोग गरी विभिन्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिन सक्ने छन् । १०० मा १०० – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनुपर्नेछ । स्क्यान एन्ड पे – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु. आर. कोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक - प्राप्त गर्न सक्नेछन् ।

यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुनेछ । कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै – पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ ।

प्रतिकृया दिनुहोस्