महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सरसफाईका सामाग्री वितरण

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । महालक्ष्मी विकास बैंकको नयाँ बजार शाखाले मानव सेवा समाजलाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

मानव सेवा समाजले खुला आकाशमुनी कष्टपुर्ण बिताइरहेका अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई गर्ने संस्था हो । शाखाले आश्रममा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री वितरणका साथै आश्रममा आश्रित व्यत्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रतिकृया दिनुहोस्