सिद्धार्थ बैंकले ल्यायो “सरल एसएमई कर्जा” योजना, ७५ लाखसम्म कर्जा पाइने !

siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिद्धार्थ बैंकले आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँ सम्मको कर्जा सुविधा पाइने “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएको छ । 

बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने उद्देश्यका साथ उक्त कर्जा योजना ल्याएको हो। 

यस कर्जा सुविधाले साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नकालागि उल्लेख सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ। यो कर्जा सुविधा विशेष गरी पर्यटक, कृषि संलग्न तथा महिला उद्यमीहरुका लागि लक्षित गरिएको छ। यस कर्जा योजना पुर्व भुक्तानी शुल्क नलाग्ने, चालु पूँजी र स्थायी सम्पत्तीको ८० प्रतिशत सम्म फाइनान्सिङ सुविधा, १० वर्षसम्मको आवधिक कर्जा, निःशुल्क क्रेडिट कार्ड, एसएमएस अलर्ट, इन्टरनेट बैंकिङ्ग तथा मासिक खाता विवरण तथा लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट पाइनेछ।

सिद्धार्थ बैंकले हाल देशभर १७५ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १ हजार ६०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्