माछापुच्छ्रे बैंकले ल्यायो 'क्यास ब्याक अफर' योजना, अनलाईनबाट सपिङ्ग गर्दा पैसा फिर्ता पाइने !

machhapuchhchre bank
  • बैंकिङ संसार 
काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाईनबाट सपिङ्ग गर्ने ग्राहकलाई पैसा फिर्ता दिने भएको छ । बैंकले विभिन्न इकमर्स साईटहरुबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने भएको हो ।

अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित क्यास ब्याक अफर गरि उक्त अफर दिने भएको हो । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योजनाअनुसार ग्राहकले बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५०० रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५०० रुपैयाँ फिर्ता पाउनेछन् ।

त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५०० रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५०० रुपैयाँ क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ ।

माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो । बैंकले हालसम्म १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७८ वटा एटीएमहरु तथा १हजार भन्दा बढि पिओएस मार्फत बैंकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्