महालक्ष्मी विकास बैंकद्धारा वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग

 MAHALXMI BIKASH BANK
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले वैद्यनाथ वेद विद्याश्रम अछामलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशुद्ध ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित विद्याश्रमलाई नगद सहयोग गरेको जनाएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरको हो ।

वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि गाँस, वास र कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस् भन्ने हेतुले सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्