सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेलबीच सम्झौता, बैंकका ग्राहकहरुले होटेलमा विशेष छुट पाउने !

 citizens bank
  • बैंकिङ संसार 
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले एल्लो प्यागोडा होटेलमा विशेष छुट पाउने भएका छन् । मंगलबार दुई संस्थाबीच सम्झौता भएसँगै बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिँदा उक्त सुविधा पाउने भएका हुन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्