एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने, व्यवसायको विस्तार गर्न सक्षम बनाउने उद्देश्य

 everest bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने भएको छ । बैंकले कर्जा दिन हेफर इन्टरनेशनल नेपालसँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतासँगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तीय पहुँच पुर्याउनका लागि संयुक्त प्रयास गर्नेछ । यस साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ ।

हाल बैंकको कूल ९५ शाखा, १२२ एटीएम र ३० रकम संकलन केन्द्र रहेका छन् । हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २५४,००० गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्