कामना सेवा विकास बैंकद्वारा लक्ष्मी नारायण मन्दिरलाई आर्थिक सहयोग

 kamana sewa bikash bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा लामाचौर बगैंचास्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम पोखरा महानगरपालिकाका वडा अध्यक्ष शोभामोहन पौडेल र कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए भने वडा अध्यक्ष शोभामोहन पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशीराज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनिय कार्य गरेको र बैकलाई सबै क्षेत्रले सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का सदस्य कृष्णप्रसाद गौतम, अकला आधारभुत विद्यालय र अकला आमा समूहका अध्यक्ष श्रीमती पार्वती काफ्ले, अकला आधारभुत विद्यालयका प्रध्यानध्यापक श्रीमती सिता काफ्ले, अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर पुजारी ज्योतिस लक्ष्मण पौडेल लगायतको उपस्थिति रहेको थियो ।

उक्त बैंकले ११८ वटा शाखा कार्यालय, ६२ एटिएम, एबिबएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ भि फाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्