एभरेष्ट बैंकद्धारा टिच फर नेपाललाई आर्थिक सहयोग

 everest bank ltd
  • बैंकिङ संसार
काठमाण्डौं । एभरेष्ट बैंकले टीच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न बैंकले टीच फर नेपाललाई सात लाखको चेक हस्तान्तरण गरेको हो ।

टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ ।

सीएसआर गतिविधिहरूको एक भागको रूपमा रहेको यस बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्