महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलईडी सूचना बोर्ड जडान

 mahalaxmi bikash bank
  • बैंकिङ संसार
काठमाण्डौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोर एलईडी सूचना बोर्ड जडान गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार उक्त कार्य गरेको हो ।

उक्त उपकरण एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो । 

विकास बैंकले हाल १०२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस्