एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५ प्रतिशतसम्म छुट

 nic asia bank ltd
  • बैंकिङ संसार
काठमाण्डौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाण्डौ स्थित हायात रिजेन्सी होटलका सेवाहरूमा छुट पाउने भएका छन् । बैंक र होटलबीच छुट सम्बन्धमा सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुन् । उक्त योजना एक वर्षको लागि लागू हुने सम्झौतामा उल्लेख छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । बैंकका कर्मचारीहरूलाई पनि योजना अनुसारको छुट उपलब्ध हुने बताइएको छ । 

यसैगरी ग्राहकले देशभरका २ हजार ४ सयवटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकले ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्