सनराइज बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

 Sunrise bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने भएका छन् । सनराइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रा.लि. बीच उक्त सम्झौता भएसँगै ग्राहकले उक्त सुविधा पाउने भएका हुन् ।

यस सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुक लगायतका विद्युतीय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् । ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, १५४ एटिएम , १३० शाखाहरु, ९ वटा एक्सटेन्सन काउण्टर, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्