राष्ट्र बैंकद्धार ६५ औं वार्षिकोत्सवको अवसरमा व्याज भुक्तानीमा सहुलियत प्रदान गर्ने

 nepal rastra bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवकाे अवसर पारेर व्याज भुक्तानीमा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत प्रदान गरिने जानकारी दिएका छन् । 

यसैगरी, लिखित सम्बोधन गर्दै अधिकारीले कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने समेत बताएका छन् । यस्तै, साना तथा मझौला उद्योग, पर्यटन र कोराेनाको प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलन कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनर्कर्जा सहज ढङ्गले प्रवाह गर्न पुनर्कर्जा कार्यविधिमा संशोधन गरिने समेत उनले बताए । 

त्यसैगरी, कोरोनाले असर गरेको क्षेत्रमा लिएको ऋणलाई पुर्नतालिकिकरण गर्ने र लकडाउनको अवधीमा भुत्तानी गर्नुपर्ने कर्जाको भूक्तानी अवधि समेत बढाउने व्यवस्था मिलाइएकाे गभर्नर अधिकारीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्