सिटिजन्स बैंकद्वारा पर्साका प्रहरीलाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण

 citizens bank
  • बैंकिङ्ग संसार 
काठमाडौं - सिटिजन्स बैंकले वडा प्रहरी कार्यालय पर्सालाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले मास्क, पन्जा तथा सेनिटाईजर प्रदान गरेको हो ।

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा निकायलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव पाँच लाख गरि हालसम्म कुल ५४ लाखको सहयोग गरिसकेको छ ।

आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्