मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा १५.४३ प्रतिशतले बढ्यो
- बैंकिङ संसार
काठमाडौं - मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासमा खुद नाफा २ करोड ८ लाख १२ हजार रुपैयाँ कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५.४३ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले १० करोड ४६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ६ करोड १४ लाख ५९ हजार रुपैयाँ रहेको छ ।