एभरेष्ट बैंकका कर्मचारीद्वारा ३० लाखको राहत सामग्री वितरण
- बैंकिङ संसार
बैंकका कर्मचारीहरुले, लक्डाउनका कारण आफ्नो कमाईको स्रोत गुमाएका विभिन्न परिवारहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेका छन् । एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरुको समन्वयमा देशको सबै प्रदेशहरुमा राहत वितरण भइरहेको छ । एभरेष्ट बैंकले यस अघी पनि नेपाल सरकारको कोविड राहत कोषमा रु। १ करोड २ लाख रकम प्रदान गरिसकेको छ ।