नबिल बैंकको खुद नाफा ३ अर्ब बढी, निष्कृय कर्जा ०.६३ प्रतिशतमा सीमित

 nabil bank
  • बैंकिङ संसार 
काठमाडौँ - नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको त्रैमासिक नाफा बढेको छ । गत आवको चैत मसान्तसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आवको सोही अवधिसम्ममा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । प्रकाशित विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा ५ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४० लाख १३ हजार रुपैयाँ घटेर ४ अर्ब ५० करोड रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब २७ अर्बबाट बढेर १ खर्ब ४९ अर्ब पुगेको छ।

१० अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ७६ करोड रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६९ पैसाबाट घटेर ४५ रुपैयाँ ७४ पैसामा सीमित भएको छ। प्रकाशित विवरण अनुसार बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.६४ प्रतिशतबाट ०.६३ प्रतिशतमा झरेको छ ।

प्रतिकृया दिनुहोस्