ग्लोबल आइएमई बैंकद्धारा प्रदेश ५ सरकारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने बताएका छन् । कोभिड-१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । साथै, आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्