सिटिजन्स बैंकको शाखा विस्तार, ९५ औं शाखा मोरङ्गको सलकपुरमा

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले मोरङ्गको सलकपुरमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ सो शाखा विस्तार गरेको हो । बैंकको ९५ औं शाखा असार १५ गतेबाट सञ्चालनमा आएको छ । यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउँने बैंकको लक्ष्य रहेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम. सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम कूल ६१ लाख रुपैयाँको सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस्