स्ट्यान्डर्ड चार्टड बैंकद्धारा पासाङ ल्हामु फाउन्डेसनलाई ५८ लाख आर्थिक सहयोग

STANDARD CHARTERED BANK
  • बैंकिङ संसार
काठमाडौं । कोभिड–१९ ले पर्वतारोहण क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै स्ट्यान्डर्ड चार्टड बैंकले पासाङ ल्हामु पर्वतारोहण फाउन्डेसनलाई ५८ लाख सहयोग गरेको छ । बैंकका सीईओ अनिरभ घोष दस्तीदार भन्छन्, “यस्तो कठिन र अनिश्चित समयमा हामी महामारीबाट प्रभावित भएका समुदायलाई सहयोग पुराउनको लागि यहाँ छौं भन्ने हामी प्रतिबद्धता खडा गर्न चाहान्छौं । यो समयमा धेरैले आयको श्रोत गुमाएका छन् र तिनीहरूको जिविकामा यसले नराम्रो असर पारेको छ । त्यसमा हामी उनीहरूलाई ठूलो राहत सहयोग पुराउन सक्छौं भन्ने आशा गर्दछौं ।”

फाउन्डेसनका उपाध्यक्ष नामगेल शेर्पाले उक्त सहयोग रकम बुझेका थिए । विपदको समयमा बैकंले पुराएको सहयोग प्रति आफुहरु निकै आभारी रहेको र उक्त रकमलाई निकै राम्रोसँग प्रयोग गर्ने शेर्पाले बताए । बैंकले यसअगाडि सरकारको कोरोना कोषमा पनि १ करोड १६ लाख रकम सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्