स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य !

 Machhapuchchhre Bank
  • बैकिङ संसार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । बिहीबार माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यलय लाजिम्पाटमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

फिल्म क्षेत्र, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल भएकी खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको राम्रो पहुच पुग्ने बिश्वास बैंकले लिएको छ । नायिका खड्का २० बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकको ब्रान्ड एम्वासडरमा आफु आवद्ध हुन पाउदाँ खुसि लागेको बताउँछिन् । उनले आगामि दिनमा बेंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । 

स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रेले पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १ सय ५९ वटा शाखाहरु मार्फत अफ्नो सुविधा दिँदै आएको छ । यस्तै बैंकले १ सय ३४ शाखारहित बैकिङ्गमार्फत सेवा दिइरहेको छ । साथै १ सय ९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत आफ्नो ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्