मेगा बैंकको एक्सटेन्सन काउन्टर महेन्द्रनगरको मालपोत कार्यालय परिसरमा, कार्यालयका प्रमुख र बैंकका प्रदेश प्रमुखद्वारा उद्घाटन

 Megha Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंकले थप एक एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले सो काउन्टर महेन्द्रनगरको मालपोत कार्यालय परिसरमा संचालनमा ल्याएको हो । घरजग्गाको कारोबार तथा राजश्व संकलन कार्य व्यवस्थित गर्ने उद्देश्यले उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याइएको हो । महेन्द्रनगरमा भएको एक कार्यक्रमबीच महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले उक्त  एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

बैंकले यसअघि पनि महेन्द्रनगरको यातायात कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको थियो । बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिलाई ध्यानमा राख्दै उक्त सेवाको विस्तार गरेको हो । ग्राहकहरुलाई आधुनिक सेवा प्रदान गर्दै आइरहेको मेघा बैंकको यो ३२ औं एक्सटेन्सन काउन्टर हो ।

बैंकले हाल नेपालभर २ सय ६ वटा शाखा र १ सय ४२ वटा एटीएममार्फत् ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्