सिजी सिमेन्टमा लगानी गर्न सानिमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित १० बैंकको सहभागिता, अन्य बैंक कुन कुन हुन् ?
- बैंकिङ संसार
सहभागी बैंकहरुबीच मिति २०७४ पौष ७ मा कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहवित्तीयकरण सम्झौता भएको थियो । पुरक सहवित्तीयकरण सम्झौता भने मिति २०७७ आषाढ ३० गते सम्पन्न भएको छ ।कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, सनराइज बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल एसबिआई बैंकसमेत उक्त इन्डष्ट्रिजमा सहभागि छन् ।
उक्त समारोहमा अगुवा बैकको तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी सिजी सिमेन्टका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृतसरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।