सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

citizens bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०।२५५ सिटिजन्स बैंक ऋणपत्र २०८६”लाई नेप्सेमा सूचिकृत गर्ने सम्बन्धी सम्झौता गरेको छ । विहीबार आयोजित एक विशेष समारोहकाबीच एक समझेदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले उक्त सूचिकरण हस्ताक्षर गरेका हुन् ।

अब उपरान्त उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिनेछ । २ अर्ब ५० करोड बराबरको ९१ हजार रुपैयाँ अंकितमूल्यका २५ कित्ता० “१०.२५५ सिटिजन्स बैंक ऋणपत्र २०८६” मिति २०७६/ ११ / २० गतेदेखि २०७६/१२/ ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो ।

यसैबीच नेपाल राष्ट्र बैङ्कको नीतिअनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगीविकास बैंक लिमिटेड ९जनकपुर केन्द्रीयकार्यालय रहेको० लाई प्राप्ति गरी मिति २०७७ साल असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्ति पश्चात बैङ्कको कुल शाखा १०९ पुगेको छ । प्राप्ति पश्चात बैङ्कको चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहक वर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्