बैंक अफ काठमाण्डूले लिलामी सेयर भर्ने म्याद थप गर्यो, अब कहिलेसम्म आवेदन दिन पाईन्छ ?

 Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं – बैंक अफ काठमाण्डूले भाद्र १ गतेदेखि लिलामीमा सेयर बिक्री खुल्ला गरेको थियो । सोही लिलामी सेयरको सेयर भर्ने म्याद बैंकले थप गरेको छ । बैंकले भाद्र ८ गतेसम्म मात्र आवेदन दिन पाइने भनिएको सेयरमा अब भाद्र १५ गतेसम्म आवेदन दिन पाइने भएको हो । 

बैंकले ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक सेयर विक्री खुल्ला गरेको हो । प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको उक्त सेयरको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । व्यक्ति तथा कम्पनीले सेयर खरिदका लागि एउटा बोलपत्रमार्फत आवेदन दिनु पर्ने र उक्त बोलपत्र फारम लाहाछाप लगाई सिलबन्दी गरेको हुनु पर्नेछ । 

उक्त संस्थापक सेयेरमा आवेदकले न्यूनतम १ हजार कित्तासम्म र अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्तासम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । लिलामी सेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ १६ गते मंगलबार १० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा खुल्ने पनि बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्