एभरेष्ट बैंकको खुद नाफा १८.२६ प्रतिशतले घट्यो, लाभांश क्षमता कति ?

EVEREST BANK
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकको आर्थिक वर्ष २०७६/०७७ मा १८.२६ प्रतिशतले खुद नाफा घटेको छ । बैंकले असार मसान्तसम्ममा २ अर्व ४९ करोड रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्व ५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष ५६ करोडले कम हो । 

बैंकले अघिल्लो वर्ष १ खर्व २९ अर्ब निक्षेप संकलन गरेको बैंकले यस वर्ष १ खर्व ४३ अर्व रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, अघिल्लो वर्ष १ खर्व ४ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले यस वर्ष १ खर्व १२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सेयरधनीलाइ दिन सक्ने  लाभांशको क्षमता २० प्रतिशत रहेको छ ।  

बैंकको ८ अर्व ५१ करोड चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ८ अर्व १४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, एनपीएल ०.२२ प्रतिशत, पूँजीकोष अनुपात १३.३२ प्रतिशत, एभरेष्ट सीसीडी रेसियो ६८.५७ प्रतिशत, बेसरेट ८.०५ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत र कष्ट अफ फण्ड ६.११ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्