गरिमा विकास बैंकको चौथो त्रैमासमा ५३ करोड ९३ लाख रुपैयाँ खुद नाफा, अन्य बैंकको कति ?

 Banks
  • बैंकिङ संसार
गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको अघिल्लो वर्षको भन्दा यस वर्ष ९.२७ प्रतिशतले खुद नाफा घटेको हो । बैंकको वितरण योग्य नाफा भने ३४ करोड २४ लाख रुपैयाँ कमाएको छ ।

मुक्तिनाथ विकास बैंकको नाफा पनि गत आर्थिक वर्षको चौथो त्रैमासमा आईपुग्दा २४.७ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो वर्ष ८५ करोड ६१ लाख नाफा कमाएको थियो भने यस वर्ष ६५ करोड नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा ४७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४२ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको भन्दा यस वर्ष ३४.८४ प्रतिशतले नाफा घटेको हो । अघिल्लो वर्ष बैंकले यसै अवधिमा ६५ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । यस बैंकको चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको छ ।

यसैगरी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा १३.३९ प्रतिशतले खुद नाफा बढेको छ । अघिल्लो वर्ष ४१ करोड ८४ लाख नाफा कमाएको बैंकले यस वर्ष बढाएर ४७ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको हो । यस बैंकले वितरण योग्य नाफा ३३ करोड २२ लाख रुपैयाँ कमाएको छ ।

अघिल्लो वर्ष २८ करोड नाफा कमाएको कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद सञ्चालन आम्दानी भने ९३ करोड ३७ लाख ३ हजार ३ सय २० रुपैयाँ कमाएको छ । 

लुम्बिनी विकास बैंकले गत असार मसान्तसम्ममा ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष यसै अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । १८ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

ज्योति विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा भने घटेको छ । उक्त बैंकको नाफा २३.६ प्रतिशतले घटेर ४० करोड ८८ लाख १० हजार रुपैयामा कायम भएको छ । अघिल्लो वर्ष बैंकले यसै अवधिमा ५३ करोड १३ लाख ४१ हजार ५ सय ५३ रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने १४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमाको १८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष भन्दा यस वर्ष ४६.१८ प्र्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले यसै अवभिमा ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानी भने ५.८० प्रतिशतले बढेर १ अर्ब ५ करोड १३ लाख रुपैयाँमा कायम भएको छ ।

प्रतिकृया दिनुहोस्