ग्लोबल आइएमइ बैंकमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण

 Global IME Bank
  • बैंकिङ संसार 
काठमाडौं । ग्लोबल आइएमइ बैंकमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका नेपालगञ्जमा रहेको ३ वटा शाखामा कार्यरत कर्मचारीमा केरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीको आईसोलेसनमा उपचार भईरहेको छ । बैंकमा कार्यरत कर्मचारीहरुको नमुना परिक्षण गर्दा ३८ जनामध्ये २० जना कर्मचारीमा कोरोना संक्रमण भेटिएको हो । 

बैंकका बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाइन्मा राखिएको छ भने संक्रमित बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । कोरोनाको कहर बढेसँगै बैंकिङ क्षेत्रमा संक्रमण बढीरहेको बेला ग्लोबल आइएइ बैंक सबैभन्दा बढी कारोना संक्रमण हुने बैंक बनेको छ ।

प्रतिकृया दिनुहोस्