ग्लोबल आइएमई बैंक लिमिटेडद्धारा नयाँ व्याजदर सार्वजनिक

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २१ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर बैंकले सोमबार (भाद्र १५ गते) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

जसमध्ये ८ प्रकारको बचत खातामा २.५० प्रतिशत, ३ प्रकारको बचत खातामा ३ प्रतिशत, १ प्रकारको बचत खातामा २ प्रतिशत, ३ प्रकारको बचत खातामा ३.५० प्रतिशत, ५ प्रकारको बचत खातामा ४.५० प्रतिशत र १ प्रकारको बचत खातामा ०.७५ प्रतिशत व्याजदर तोकेको छ । 

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ०.७५ प्रतिशत र अधिकतम ४.५० प्रतिशत व्याज कायम गरेको छ । यता बैंकले मुद्दती खातामा ६.५० प्रतिशतदेखि ८.५० प्रतिशतसम्म व्याज प्रदान गर्ने भएको छ । त्यस्तै, बैंकले २५ प्रकारको कर्जाको व्याजदर पनि सार्वजनिक गरेको छ ।

यस्तो छ बैंकको नयाँ व्याजदरः 

प्रतिकृया दिनुहोस्