ग्लोबल आईएमई बैंकको एटिएम सेवा उदयपुर जिल्ला अदालत परिसरमा, सर्वसाधरणलाई कारोबारमा सहज

 Global IME Bank
  • बैंकिङ संसार
कठमाडौं । ग्लोबल आईएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । बैंकले बोक्सेस्थित सरकारी कार्यलयका कर्मचारीहरु र सर्वसाधरण ग्राहकहरुलाई ध्यानमा राखी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो । जिल्ला अदालतका न्यायाधीशद्वय दीपक खनाल र मनोज केसीले संयुक्त रूपमा उक्त एटीएम सेवाको उद्घाटन गरेका हुन् । 

बैंकले नेपालभरी ७० वटा जिल्लामा २ सय ५७ वटा शाखा, २ सय ३६ वटा एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर र २ सय १ वटा शाखारहित बैंकिङ सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको छ । त्यस्तै, विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालयमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्