ज्योति विकास बैंकले गर्यो सूर्या हेल्थकेयरसँग सहकार्य, बैंकका ग्राहकहरुले २० प्रतिशत छुट पाउने

 Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकले सूर्या हेल्थकेयरसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट दिने उद्देश्यले उक्त सम्झौता गरेको हो । बैंकका देशभर रहेका ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी सूर्या हेल्थकेयरमा छुट सेवा लिन सक्नेछन् ।

ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीचन्द्र भट्ट र सूर्या हेल्थकेयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोद कुमार यादवले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ज्योति विकास बैंकले नेपालभर १ सय ५ शाखा कार्यालय, ६१ वटा एटीएम, १ एक्सटेन्सन काउन्टर तमार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्