ज्योति विकास बैंकमा कार्यरत आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकमा कार्यरत आधा दर्जन कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको काठमाडौंमा रहेको शाखामा कार्यरत आधा दर्जन कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित कर्मचारीहरुलाई हाल आइसोलेसनमा राखिएको छ भने संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, बैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । 

संक्रमितको बिरामीहरुको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको बैंकले जनाएको छ । पछिल्लो समय बैंकरहरुमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्