कामना सेवा विकास बैंकले गर्यो ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन अनुरोध

 Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन अनुरोध गरेको छ । बैंकले एक सुचना जारी गर्दै ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन अनुरोध गरेको हो । कोरोनाबाट प्रभावित क्षेत्रमा र साना तथा मझौता उद्योग व्यवसाय कर्जा उपभोग गरिरहेका पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको बैंकले जनाएको छ । 

पुनरकर्जा लिनको लागि ग्राहकहरुले नजिकै रहेको बैंकको शाखाबाट आवेदन भर्न सक्ने भएका छन् । उक्त आवेदन भने ग्राहकहरुले पुनरकर्जा माग निवेदन तथा आवश्यक कागजात सहित भदौ १८ गतेसम्म आवेदन दिन बैंकले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्