कृषि विकास बैंकमा कार्यरत थप ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Krishi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकमा कार्यरत थप ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रामशाहपथमा रहेको केन्द्रीय कार्यालयमा कार्यरत ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकमा कार्यरत कर्मचारी सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमण भएको बैंकले  जनाएको छ । 

संक्रमित बिरामीहरुको आईसोलेसनमा उपचार भईरहेको छ । साथै, संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।

प्रतिकृया दिनुहोस्