कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने

 Krishi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले २४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । बैंकले २ करोड ४० लाख कित्ता ऋणपत्र १० वर्षका लागि ‘कृषि बण्ड’ बिक्री खुल्ला गर्ने भएको छ । उक्त बण्डबाट आएको रकम बैकले कृषि क्षेत्रमा लगानी गर्ने भएको छ ।

बैंकले पहिलो चरणमा बैंकले ५ देखि ६ अर्ब रुपैयाँसम्मको ऋणपत्र मात्र बिक्री खुल्ला गर्ने तयारी गरिरहेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताएका छन् । उक्त ऋणपत्र सर्वसाधारणका लागि नभई बैंकहरुले मात्र आवेदन दिन सक्ने पनि पौडेलले बताएका छन् । 

पहिलो चरणमा निष्कासन हुने ऋणपत्र ५ अर्बको भए ५० लाख कित्ता र ६ अर्बको भए ६० लाख कित्ता ऋणपत्र निष्कासन हुने बैंकले जनाएको छ । निष्कासन हुन लागेको उक्त ऋणपत्रको न्युनतम कति कित्ता र अधिकतम कति कित्तासम्म आवदेन दिन सकिने भनेर अहिले निर्णय नभएको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्