ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन महालक्ष्मी विकास बैंकको आग्रह

 Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने आग्रह पनि बैंकले गरेको छ । 

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७’ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 

ग्राहकहरुले नजिकै रहेको बैंकको शाखाबाट आवश्यक कागजातहरुसहित आवेदन भर्न सक्नेछन् । उक्त आवेदन भने ग्राहकहरुले आउँदो भदौ २६ गतेसम्म मात्र दिन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्