एनएमबि बैंकले ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको सावाँ र व्याज भुक्तानी गर्ने

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको सावाँ र व्याज भुक्तानी गर्ने भएको छ । बैंकले ‘७ प्रतिशत एनएमबि बैंक डिबेन्चर २०७७ ’ नामक ऋणपत्रको सावाँ तथा व्याज भुक्तानी गर्ने भएको हो । बैंकले भाद्र ६ गतेदेखि ५० लाख कित्ता सेयर ऋणपत्रको सावाँ तथा व्याज एकमुष्ठ भुक्तानी गर्ने भएको छ ।

बैंकले ऋणपत्रधनीहरूलाई उक्त भुक्तानी लिन आउँदा सक्कली प्रमाणपत्रहरु, ब्याज भुक्तानी पुर्जाहरु र आफ्नो परिचय खुल्ने कुनै आधिकारीक परिचयसत्रको सक्कल प्रतिसहित उपस्थिति हुन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्